You are viewing the translated version of धरौटी रकम राजस्वमा आम्दानी बाँध्ने.

Rule 68
धरौटी रकम राजस्वमा आम्दानी बाँध्ने
देहायको कुनै अवस्थामा कार्यालयले धरौटी रकम राजस्व खातामा आम्दानी बाँध्नु पर्नेछः- (क) नियम ६५ बमोजिम धरौटी रकम जफत वा कट्टा भएको,
(ख) नियम ६६ मा उल्लिखित अवधिभित्र धरौटी रकम फिर्ता लिन नआएको,
(ग) बैङ्क खातामा रकम जम्मा भएको तर कार्यालयको धरौटी खातामा लेखाङ्कन नभएको,
(घ) कसले के बापत धरौटी राखेको हो भन्ने कुरा स्पष्ट नभई बैङ्कको खातामा रहेको, वा (ङ) कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा रहेको धरौटी खातामा सम्बन्धित कार्यालयको नाममा रहेको बैङ्क विवरण (स्टेटमेण्ट) मा बढी देखिएको ।